काठमाण्डौ।धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका सामु आत्मसमर्पण गरेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा सञ्चालित २ म्युचुअल फण्डहरु क्रमशः नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड२ ले घोषणा गरेको लाभांश प्रस्ताव बजारको मूल्य संवेदनशीलता विरुद्ध सञ्चालक समितिले निर्णय गरेको भोलिपल्ट कारोबार समयमा डिस्क्लोज गरे तापनि संस्थागत अनुशासनको अभाव भएको नबिल इन्भेष्टमेन्टसामु नेप्से गलेर आत्मसमर्पण गरेको हो । नेप्सेले गत असोज २६ गते उपर्युक्त २ म्युचुअल फण्डहरुको कारोबार रोक्का गरेको थियो त्यसको १८ दिनपछि आज सोमबारबाट सामान्य सचेत सचेत गराउँदै कारोबार फुकुवा गरिएको हो ।
अर्थबिटले यसअघि नै सो म्युचुअल फण्डलाई कुनै दण्ड नगरी सामान्य सचेत गराइएको भन्ने पत्र थमाएर कारोबार खुल्नेछ भन्ने गरेको प्रक्षेपणलाई नेप्सेले यथार्थमा परिणत गरिदिएको छ । सूचीकृत कम्पनीहरुले जति नै बदमासी गरे तापनि नेप्सेले सामान्य सचेत बाहेक कुनै दण्ड नदिएको विगतको नजिरलाई अनुशरण गरेको छ साथै शेयर बजारको चलखेल र बदमासी गरे तापनि छुट रहेको भन्ने नजिरसमेत थप संस्थागत भएको छ ।
यो पनि पढ्नुस् : नबिल इन्भेष्टमेन्टमाथि नेप्सेको डण्डा, कार्वाही होला त ? (arthabeat.com)