काठमाण्डौ।जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी १६ करोडको ७३ प्रतिशतले हुन आउने रकम एघार करोड अड्सठ्ठी लाख बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ चुक्ता पूँजीको ३.८४२१ प्रतिशतले हुने आउने एकसठ्ठी लाख सड्चालीस हजार तीन सय अड़सठ्ठी रुपैंया बयालीस पैसा बराबरको नगद लाभांस गरि कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।