नेप्सेद्वारा प्राइम बैंकसहित ४ कम्पनीका नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?

अर्थबिट २०७९-०९-१३ ०५:३३:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्राइम कमर्सियल बैंकसहित ४ कम्पनीको मूल्य समायोजन गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ प्राइम कमर्सियल बैंक,नेपाल बैंक लिमिटेड,एचआइडीसीएल र मितेरी डेभलपमेन्ट बैंकले बुक क्लोज गरेसँगै नेप्सेले आज ४ वटै कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले यस दिन प्राइम बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् बैंकको शेयरमूल्य रु.२२० दशमलव १० कायम गरिएको छ । 

नेप्सेले यस दिन नेपाल बैंकको २ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् बैंकको शेयरमूल्य रु.२८० दशमलव ८८ कायम गरिएको छ ।  

यसैगरी नेप्सेले यस दिन एचआइडीसीएलको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । मूल्य समायोजनपश्चात् एचआइडीसीएलको रु१७७ दशमलव १४ कायम गरिएको छ ।

यसैबीच नेप्सेले यस दिन मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् बैंकको शेयरमूल्य रु.३६४ दशमलव ९३ कायम गरिएको छ । 

नेप्सेले आजको कारोबार दिनको अन्तिम मूल्यका आधारमा ४ वटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यका आधारमा भोलि दोस्रो बजारमा ४ कम्पनीका शेयर कारोबार खुल्नेछन्।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।