हेटौँडामा विद्युतीय तार भूमिगत गरिने

अर्थबिट २०७९-१२-०१ ०७:३८:०० बजे

बाग्मती।बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । 

हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै  हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ ।

उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।