नेप्सेमा डेढ करोड बढी कित्ता शेयर सूचीकृत

अर्थबिट २०७९-१२-०५ ०४:१२:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ कम्पनीका बोनस शेयर सूचीकृत भएका छन् ।

आइतबार नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएका हुन् । 

सिद्धार्थ बैंकको १२.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ५५ हजार ५३३ दशमलव पाँच चार कित्ता बोनस शेयर र विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।