दुईसय सत्तरी ग्राहक कालोसूचीमा

अर्थबिट २०८०-०२-०८ १०:३७:०० बजे

चितवन।नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । 

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट रु ७४ लाख ९२ हजार आठ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ । ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।”

यस वितरण केन्द्रअन्तर्गत रु एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।