काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत ललितपुर महानगरपालिका, जावलाखेल ललितपुरमा रजिष्ट्रार कार्यालय रहेको नेशनल सोलार पावर कम्पनी लिमिटेडलाई क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित नेशनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्काशन गर्ने प्राथमिक शेयर (आइपीओ) सर्वसाधारणहरुमा सार्वजनिक निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।
नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ति ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । कम्पनीले रु.१०० अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पु¥याएको छ ।