गण्डकी प्रदेशमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र

अर्थबिट २०८०-०७-१९ ०१:३०:०० बजे

म्याग्दी ।  गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुुरु गरेको कुुश्मा–तल्लोमोदी–नयाँमोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ । 

आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुुङ, पर्वत र मुुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत् आपूर्तिको गुुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बनाउन लागिएको बताउनुुभयो । 

“कालीगण्डकी करिडोरअन्तर्गत दुई सय केभी क्षमताको दाना–खुुर्कोट–न्यू बुटवल जोड्ने प्रसारण लाइन हालै निर्माण सकिएको छ, यो लाइनको कनेक्टर भरतपुुर सवस्टेशनसँग हुुन्छ, हामीले खुुर्कोटदेखि नयाँ मोदी नयाँ लाइन बनायौँ भने खुुर्कोट–न्यू बुटवल–भरतपुुर–दमौली–लेखनाथ–घाचोक–नयाँमोदी विद्युत् प्रसारण लाइनको चक्र बन्छ”, उहाँले भन्नुुभयो, “कालीगण्डकी करिडोरको लाइनमा समस्या आउँदा नयाँ मोदी हुुँदै र मोदीको लाइनमा समस्या आउँदा खुुर्कोट–न्यू बुुटवलको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउन सकिने विकल्प हुुन्छ ।”

प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुुणस्तर सुधार हुुने, आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने र आपूर्तिका कारणले विद्युुत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुुपर्ने समस्या हट्ने आयोजना प्रमुुख अग्रवालले बताउनुुभयो । खुुर्कोट–न्यू बुुटवल लाइन निर्माण पूरा नहुुँदासम्म खुुर्कोटदेखि मोदी हुँुदै न्यू मोदी जोड्ने सिङ्गम सर्किटको प्रसारण लाइनबाट विद्युुत् आपूर्ति गराउँदा म्याग्दी र मुुस्ताङका जलविद्युुत् आयोजना पूूर्ण क्षमतामा चल्न सकेका थिएनन् । 

खुर्कोटदेखि मोदीसम्म छ दशमलव दुई किलोमिटर दूरीको प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’को बनाउने र तल्लो मोदीदेखि नयाँ मोदी नौ किलोमिटर दूरीको डबल सर्किटको नयाँ प्रसारण लाइन बनाउने आयोजना प्रमुख अग्रवालले बताउनुुभयो । तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुुआब्जा वितरणको तयारी गरिएको छ । 

कुुश्मा–तल्लोमोदी–नयाँमोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग गत हप्ता रु ३५ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका इञ्जिनियर सुुरुङ गुुरुङले बताउनुभयो । उहाँका अनुसार ठेक्काको अवधि २१ महिनाको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।