काठमाण्डौ । धितोपत्र बजारमा लघुवित्त कम्पनीहरुको मूल्यमा पहिरो जाँदा लगानीकर्ताहरु धमाधम डुब्न थालेका छन् ।
सोमबार मात्रै पनि सर्वाधिक गुमाउने कम्पनीहरुको १० वटा सूचीमा ५ लघुवित्त परेका छन् । एकैदिन मूल्यमा ठूलो पहिरो जाँदा लगानीकर्ताहरु धमाधम डुब्न थालेका हुन् ।
सोमबार समाज लघुवित्त वित्तीय संस्थाको एकैदिन ३१८.५ घटेर २८ सय ६६.६० आइपुगेको छ । उपकार लघुवित्तको आज रु.३६२ घटेर ४ हजार ६३८ सम्म झरेको छ । यसैगरी सपोर्ट माइक्रोफाइनान्सको पनि रु.२१० ले घटी २९ सय ७० ओर्लियो । साथै विन नेपाल लघुवित्तको पनि रु.१७७ं.८० सम्म झर्न पुग्यो । यस्तै मानुसी लघुवित्तको रु. १०८.९० ले घटेर २ हजार ७९ आइपुगेको हो ।
माइक्रोफाइनान्समा जुवा खेल्दै लगानीकर्ता !
लो क्यापको लहैलहै र कर्नरिङ्गको जालोमा फसेका लगानीकर्ताहरु महँगोमा शेयर खरिद गर्ने गर्दछन् । छिटो धेरै नाफा कमाउने प्रलोभनमा सजिलै लोभिने गरेका छन् । लो क्यापकै लहडमा उच्च मूल्यमा जुवा खेल्दै आएका माइक्रोफाइनान्सका लगानीकर्ताहरुले लाखौं पैसा डुबाइसकेका छन् ।
दोस्रो बजारमा सक्रिय लगानीकर्ता दीपेन भण्डारीले हिजो आइतबार जोगी बन्न माइक्रो किन्नु भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याए । उनले विन लघुवित्त ,गुराँस लघुवित्त,आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त र सिर्जनशील लघुवित्त के हुने हो नि ? भन्दै प्रश्न गरेका थिए । उनै भण्डारीले बोलेको कुरा बजारले सत्य सावित गरिदिएको छ । साँच्चै उनले भनेझैं कर्नरिङ्ग गरिएका उच्च मूल्यमा शेयर भिडाइसकेपछि लघुवित्त कम्पनीहरुको मूल्यमा पहिरो गइरहेको छ ।