काठमाण्डौ । नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावर लि.(सीएचएल) लाई १०० प्रतिशत( १ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका निमित्त अनुमति प्रदान गरेको छ ।
गत शुक्रबार नै धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावर लि. लाई १०० प्रतिशत( १ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका निमित्त अनुमति प्रदान गरेको हो ।
धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावर लि.(सीएचएल)ले प्रति कित्ता रु. १०० का दरले ३८ लाख ६९ हजार ७७५ कित्ता कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ ।
दोस्रो बजारमा छ्याङ्दी हाइड्रोपावर लि.(सीएचएल) को हाल प्रति कित्ता रु. ४७५ मा खरिदबिक्री भइरहेको छ ।