नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत, हजुरको पोर्टफोलियोमा पनि छ कि ?

अर्थबिट २०८२-०१-२२ ०८:१५:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा २ कम्पनीको शेयर सूचीकृत भएको छ । 

सोमबार नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लि. र नेपाल हाइड्रो डेभलपर्स लि. गरी कुल २ कम्पनीको बोनस शेयरर सूचीकृत भएको हो । 

आरएसडिसी लघुवित्त वित्तीय संस्था लि. को ९.५ प्रतिशत बोनस शेयरले हुन आउने ८ लाख ९७ हजार १३३.५२ कित्ता शेयर सूचीकृत भएको छ । त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स लि. को पनि ८ प्रतिशत बोनस शेयरले हुन आउने २ लाख ८७ हजार ५५३.०८ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।