हाइड्रो एक्स्पो २०२२ को तयारी पूरा,एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा

अर्थबिट २०७८-१२-१७ ०८:२१:०० बजे

काठमाण्डौ। यही मिति ०७८ साल चैत्र १९ गतेदेखि २१ गतेसम्म आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२२ को तयारी पूरा भएको छ । 

पहिले निर्धारित समय तालिका परिबर्तन गरी एक दिनपछि चैत्रको १९ गतेबाट एक्स्पो आयोजना हुन लागेको हो । तेस्रो संस्करणको यो हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको यस एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो चैत्र १९ गते दिउसो १२.१५ मा समुउद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

एक्स्पोको पहिलो दिन शनिबार बिहान ७.०० बजे विद्युतीय सवारी साधनको ¥यालीको आयोजना गरिएको छ । विद्युतको आन्तरिक बजारलाई प्रबद्र्धन गर्न बिद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन नेपाल सरकारले बिशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले आयोजना गरिएको ¥याली काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा ¥यालीका सहभागीहरुलाई पर्यटनमन्त्री माननीय प्रेम आलेले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । 

यस एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसीलगायतका संघ, संस्थाहरुले प्रायोजन गरेको कुरा जानकारी गराउन चााहन्छौं ।  एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेको कुरा पुनः यहाँहरुलाई स्मरण गराउन चाहन्छौं । साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग रहेको छ ।

 

Creating Markets for Nepal's Hydropower  भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने छ भन्ने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्वन्धी बिषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ । 

यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने छ । त्यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी ड्रोन भिडिओ मेकिङ्क कम्पिटिसन समेत आयोजना गरिने छ ।  

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने हाम्रो बिस्वास छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ । 

एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अबलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो बितरण गरिने छ । 

यस एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।