धरान।हजारौं सर्वसाधारणको अर्बौं रकम चुलुम्मै डुबाएको धरानको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरुलाई पीडितहरुले थुनिदिन आग्रह गरेमा तुरुन्तै पक्राउ गरिने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बराह सहकारीका सञ्चालकलाई पीडितहरुले थुनुवामा राखी कार्वाही प्रक्रिया अघि बढाउन आग्रह गरेमा पक्राउ गरिने बताएका हुन् । “हामी पीडितकै पक्षमा हुन्छौं । सुरक्षा गर्ने सरकारकै दायित्व पनि हो ।”उनले अर्थबिटसँगको विशेष कुराकानीमा भने, “पीडितले बराह सहकारीका सञ्चालक विरुद्ध ठगी मुद्धाको उजुरी हाल्दा जेल गएमा कसले तिर्छ भन्ने संघर्षसमितिको बुझाइ रहेको छ र त्यसैकारण पनि हामी हस्तक्षेप गर्दैनौं ।”
बराह सहकारीबाट उठाएको पैसा गैरकानूनी ढंगले अरुतिर लगानी भएको प्रतिवेदनबाट पत्ता लगाइएको दाबी गर्दै मेयर साम्पाङले कानूनी रुपमा सहजीकरण गरिने बताए ।
बाँकी भिडिओमा :
सम्बन्धित समाचारहरु :
र यो पनि : बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्मा ठग भएको धरान उपमहानगरपालिकाको ठहर (arthabeat.com)
र यो पनि : धरानका एक माफिया जसले हजारौं सर्वसाधारणबाट करिब १० अर्ब लुटे(भिडिओ प्रमााणसहित) (arthabeat.com)