धरान।हजारौं सर्वसाधारणको अर्बौँ रकम चुलुम्मै डुबाएको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानबिन प्रतिवेदनले संकटग्रस्त सहकारीको सूचीमा राख्दै सहकारी ऐन,२०७५ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
गत साउनमा धरान उपमहानगरपालिकाअन्तर्गत आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन समितिले संकटग्रस्त सहकारीको सूचीमा राख्दै सहकारी ऐन,२०७५ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले गत साउन ७ गते बराह सहकारीका सञ्चालकहरुको सम्पत्ति छानविन गरी आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । त्यसलगत्तै उपमहानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो र सोही समितिले गत माघ १६ गते २५ पृष्ठ लामो ५ अनुसूचीहरुसहित प्रतिवेदन तयार पारी प्रमखु प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजालसमक्ष पेश गरेको थियो ।
छानविन समितिको प्रतिवेदनमा उल्लेख भएका बराह सहकारीको कमजोर पक्षहरुः
-संस्थाले प्राथामिक पुजीकोषको १५ गुणा भन्दा बढि बचत संकलन गर्ने गरेको संस्थाले कुल पूँजीकोषको १० प्रतिशतभन्दा बढि एक व्यक्तिलाई ऋण लगानी गर्ने गरेको
-संस्थाले तरलता १५ प्रतिशत नराखि जथाभावी लगानी गर्ने गरेको श्र ऋण लगानी संचालक आफै वा आफ्ना नातेदारहरुलाई ठूलो रकम गर्ने गरको
-संस्थामा संचालकले ऋणको अनुमोदन गर्ने नगरेको
-संस्थाले ऋण लगानी सन्दर्भ व्याजदर भन्दा बढि प्रतिशतमा गर्ने गरेको
-संस्थाले स्प्रेड दर ६ प्रतिशतभन्दा बढि कायम गर्ने गरेको
-संस्थाका ४९ प्रतिशतभन्दा बढि संचालक सदस्यले एकैचोटी ऋण लगेको
-संस्थाले आवधिक बचत ३ वर्षभन्दा बढिकायम गर्ने गरेको
-संस्थाले ऋण लगानीगर्दा अपनाउनु पर्ने समान्य सिद्धान्त समेत नअपनाएको
-ऋण लगानी उत्पादन मुलक क्षेत्रमा नगरी अन्य क्षेत्रमा गर्ने गरेको
-संस्थाले नियमित रुपमा संचालक समितीको बैठक नराखेको
-ऋण लगानीका आधार र प्रक्रियाको विषयमा जिम्मेवार पदाधिकारीलाई जानकारी नभएको
-सेवा वडापत्र कार्यान्वयन नगरेको
-अनावश्यक खर्चका शिर्षक देखाई खर्च गर्ने परिपाटी संस्थामा देखिएको
-पल्स अनुगमन प्रणालीको आधारमा संस्थाको मुल्याङकन नगरिएको
-सदस्य केन्द्रियता सुचकांकको विश्लेषण नभएको
-मुनाफा वितरण गर्दा वैज्ञानिक पद्धती अवलम्बन नगरिएको श्र संस्थाले घर जग्गा जमिन खरिद गर्दा सहकारी ऐन नियमको परिधिमा रहेर नगरेको र
-नियमक निकायले समेत सो अनुसार अनुमति नदिएको
-संरक्षित पुँजी फिर्ता कोषको रकम जथाभाबी बाँडफाड गर्ने गरेको
-लगानी भएको ऋण उठाउन कुनै प्रयास नगरेको सहकारी मुल्यमान्यतामा आधारीत नभई संस्थागत रुपमा ऋण लगानी हुने गरेको
-बचत कर्ताको रकम समयमा फिर्ता नगरेको
-शेयर सदस्य बनाएर मात्र कारोबार गर्नुपर्ने मा सो नगरेको
-एकै मितिमा विभिन्न खाता खोली ठूलो रकम लागनी गरेको
छानविन समितिले सुझाएको सुधार गर्न अपनाउनुपर्ने उपायहरुः
-ऋण लगानी संचालक तथा समितिहरुका पदाधिकारी र आफ्नै कम्पनीहरुमा भएको देखिएकोले तुरुन्त उठाई सो रकमवाट वचतकर्तालाई फिर्ता गर्ने
-संस्थाले प्राथामिक पुजी कोषको १५ गुणा भन्दा बढि वचत संकलन नगर्ने
-संस्थाले कुल पुजी कोषको एकजनालाई १० प्रतिशतभन्दा बढि ऋण लगानी नगर्ने
-संस्थाले उपसमितीको गठन गर्दा संचालक मध्यबाट १ जना संयोजक र अरु साधारण
-शेयर सदस्य हुने गरी गर्ने
-संस्थाले तरलता १५ प्रतिशत कायम गरि मात्र लगानी गर्ने
-संचालकले ऋणको अनुमोदन अनिवार्य गर्नुपर्ने
-संस्थाले ऋण लगानीगर्दा व्याजदर सन्दर्भ व्याजदरको प्रतिशतभन्दा बढि नहुने गरि गर्ने
-संस्थाले स्प्रेड दर ६ प्रतिशतभन्दा बढि कायमनगर्ने
-संस्थाका ४९ प्रतिशतभन्दा बढि संचालक सदस्यले एकैचोटी ऋण नलिने
-आवधिक बचत बढीमा ३ वर्षसम्म कायम गर्ने
-ऋण लगानीगर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको परिपालना गर्ने
-ऋण लगानी उत्पादन मुलक क्षेत्रमा गर्ने
-संचालकको बैठक पुस्तीकामा कर्मचारीलाई संलग्न नगराउने श्र ऋण लगानीका आधार र प्रक्रियाको विषयमा जानकारी लिने दिने
-सेवा वडापत्र कार्यान्वयन अनिवार्य गर्ने
-अनावश्यक खर्चका शिर्षक देखाई खर्च गर्ने परिपाटी हटाउने
-पल्स अनुगमन प्रणालीको आधारमा संस्थाको मुल्याङकन कम्तीमा ३ महिनामा गर्ने ८ सदस्य केन्द्रियता सुचकांकको विश्लेषण बेलाबेलामा गर्ने गराउने
-मुनाफा वितरण गर्दा वैज्ञानिक पद्धती अवलम्बन गर्ने
-संस्थाले घर जग्गाजमिन खरिद गर्दा सहकारी ऐन नियमको परिधिमा रहेर गर्ने र नियमक निकायले समेत सो बमोजिम अनुमती दिने
-संरक्षित पुँजीफिर्ता कोषको रकम सहकारी ऐन नियमको परिधिमा रहेर बाँडफाँड गर्ने
-शेयर सदस्य बनाएर मात्र कारोबार गर्ने गराउने
-ऋण लगानी शेयर सदस्यहरुलाई माग र आवश्यकताका आधारमा वस्तुनिष्ट भएर गर्ने सहकारी मुल्यमान्यता र सिद्धान्तमा आधारीत भएर मात्र समग्र गतिविधि संचालन गर्ने
छानबिन समितिको निष्कर्षः
बराह बचत तथा ऋण सहकारी संस्था लि. मा माथि उल्लेखित कमि कमजोरीहरु रहेको हुँदा यस प्रतिवेदनमा उल्लेखित सुधार गर्न अपनाउनु पर्ने उपायहरु कार्यान्वयनका लागि चार्टर एकाउण्टेन्ड (लेखा विज्ञ) स्तरीय समिति बनाई विस्तृत छानविन साथै संकटग्रस्त सहकारीको सूचीमा राख्दै सहकारी ऐन, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन उपयुक्त देखिन्छ ।
र यो पनि पढ्नुस्ः धरानका एक माफिया जसले हजारौं सर्वसाधारणबाट करिब १० अर्ब लुटे(भिडिओ प्रमााणसहित) (arthabeat.com)
धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाको प्रतिवेदन अनुसार अध्यक्षमा मान बहादुर विश्वकर्मा,उपाध्यक्ष विष्णुमाया विश्वकर्मा,सदस्यहरुमा गंगा बहादुर कालिकोट,विष्णु कुमारी तुलाधर,अम्बर बहादुर विश्वकर्मा,शुभराज खाती,फूलमाया राई र कानूनी सल्लाहकार अबईन्द्र निरौला रहेका छन् । सो संस्थाको लेखा सुपरिवेक्षण समितिमा सुदिन वि.क.,शर्मिला ताम्राकार र कुमार वि।क। छन् भने ऋण उपसमितिमा गंगा बहादुर कालिकोटे,श्रीमान महत क्षेत्री र अस्मिता भण्डारी छन् ।
र यो पनि पढ्नुस्ःबराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्मा ठग भएको धरान उपमहानगरपालिकाको ठहर (arthabeat.com)