नेप्सेमा ३२ लाख बढी कित्ता शेयर सूचीकृत

अर्थबिट २०८०-११-२१ ०३:५३:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

सोमबार छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयरले हुन आउने १४ लाख १७ हजार ७०१ कित्ता र युनिभर्सल पावर कम्पनी लिमिटेडको ८.५५ प्रतिशत बोनस शेयरले हुन आउने १७ लाख ५५ हजार ७९९ दशमलव दुई पाँच कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।