काठमाण्डौ । नेपालमा म्युचुअल फण्डका सञ्चालकहरुले एसआईपी(सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लान) का विषयमा लगानीकर्ताहरुलाई गुमराहमा राख्दै मूर्ख बनाइरहेका छन् ।
बन्दमुखी म्युचुअल फण्ड अर्थात् एसआईपी सञ्चालकहरुलाई केही हजार रकम लगानी गरेरै करोडपति बन्न सकिने भन्दै लगानीकर्ताहरुलाई गुमराह राख्दै मूर्ख बनाइरहेका हुन् । सोझासाझा सर्वसाधारणहरुलाई दिग्रभमित गर्दै लोभलालचमा पारी जालझेल गरिरहेको भेटिन्छ ।
हाल सञ्चालनमा रहेका ५० प्रतिशत एसआईपीहरुले विगत २ वर्षदेखि १ रुपैयाँ पनि प्रतिफल दिएका छैनन् । न्याभ मेन्टेन गर्न नसकेको बहाना ती एसआईपीहरुले गर्दै आएका छन् । एसआईबाटै करोडपति बनिले लोभमा पर्दा सर्वसाधारणको लगानी समेत डुबिरहेको छ । लगानी विकल्पका रुपमा बैंकको मुद्दती खातामा सजिलै ६–७ प्रतिशत ब्याज पाउने अवसरबाट समेत वञ्चित हुनुपरेको छ । एसआईपीमा लगानी गरेको रकममा ती सञ्चालकहरुले प्रतिफल नदिनु भनेको सर्वसाधारणमाथिको सरासर धोकाधडी नै हो ।
वित्तीय साक्षरता नभएका प्रोफेशनल व्यक्ति जसले नियमित राम्रो आम्दानी गरिरहेका छन् तिनै सोझा इमान्दार सर्वसाधारणलाई एसआईपीमा लगानी गर्न झुट्टा प्रचारप्रसार गर्न पछिल्लो समय युट्युब र टिकटकका इन्फ्ल्योन्सरहरु सक्रिय छन् । स्रोतहरुका अनुसार ती इन्फ्लोयन्सरलाई मोटो रकम दिई दिग्भ्रमित हुने खालका प्रचारात्मक भिडिओ बनाउन एसआईपी सञ्चालकहरुले प्रयोग गरिरहेका छन् । कतिपयले वार्षिक १८ प्रतिशर्तसम्म नियमित लाभांश एसआईपीमा लगानी गरे १ करोड रुपैयाँ पाइने भन्दै झूटो प्रचारप्रसार गरिरहेका छन् । कतिपयले २ हजार रुपैयाँ मासिक एसआइपी गरे १२ प्रतिशतका दरले २० वर्षमा १ करोड रुपैयाँ पाइने मिथ्या तथा भ्रमात्मक भिडिओहरु युट्युब र टिकटकमार्फत् गलत सूचना प्रवाह गरिरहेका छन् । तिनीहरुले एसआईपीमा कुनै वर्ष प्रतिफल समेत नदिन सक्छ भनेर सत्य कुरासमेत ढाकछोप गर्दै आइरहेका छन् । एसआईपी सञ्चालकबाट मोटो रकम लिई सोझासाझा सर्वसाधारण भने लोभको जालोमा फसिरहेका छन् ।
तथ्य के हो भने हालसम्मका सञ्चालनमा आएका ७ एसआईपीमा युट्युब र टिकटकमा आएजस्तो प्रतिफल दिएको इतिहास देखिदैन । हालसम्मको इतिहास हेर्ने हो भने कुनै पनि एसआईपीले १५ प्रतिशत रिटर्न दिएको तथ्यांक नै छैन । हालसम्मको सर्वाधिक लाभांश एनआईएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल सहभागिता फण्डले सर्वाधिक १३.८९ प्रतिशत लाभांश दिएको छ । दोस्रोमा एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआइसी डाइनामिक डेब्ट फण्डले सर्वाधिक १० प्रतिशत मात्रै दिएको तथ्यांक छ । यसरी ९ प्रतिशत र १३ प्रतिशतका दरले एसआईपीमा मासिक २ हजार लगानी गरेर करोडपति बन्न ३० वर्षमा पनि सम्भव छैन । एसआइपी सञ्चालकहरुले तपाईंलाई केबल भ्रम छर्दै गूमराहमा राखिएको मात्रै हो । म्युचुअल फण्डहरुले हाल मच्चाइरहेको लुटधन्धा मात्रै होइन सोझासीधा सर्वसाधारणको भावनामाथि समेत खेलबाड गरिरहेको छ ।
यो पनि पढ्नुस् : लगानीकर्तालाई कङ्गाल बनाउँदै म्युचुअल फण्ड !
हाल नेपालमा ७ वटा एआईपी योजनाहरु सञ्चालित छन् । यद्यपि अहिले सानिमा क्यापिटले पनि सानिमा फ्लेक्सी फण्ड बिक्रीमा ल्याएको छ । सञ्चालनमा रहेका ७ मध्ये एनआईसी एशिया क्यापिटललेले सञ्चालन गरेको एनआईसी डाइनामिक डेब्ट फण्डले मात्रै नियमित रुपमा लगानीकर्ताहरुलाई वार्षिक लाभांश दिइरहेको छ । यो नै हरेक वर्ष रिटर्न दिने एक मात्रै एसआईपी हो । उक्त एसआईपीले पहिलोे वर्ष १० प्रतिशत,दोस्रो वर्ष ६ प्रतिशत र तेस्रो तथा चौथो वर्ष समान १०–१० प्रतिशतका दरले लाभांश दिएको छ । फण्डले दिएको अहिलेसम्मको लाभांशलाई हेर्ने हो भने औसतमा वार्षिक ९ प्रतिशत रिटर्न हुन आउँछ । जुन चाहिँ हाल बैंकले मुद्दतीमा दिने ब्याजभन्दा अलिकति धेरै हो । यसले वास्तविक रुपमै कम्याउण्डिङ्गलाई फलो गरिरहेको छ जसबाट लगानीकर्ताहरुले पर्याप्त लाभ लिनसक्नेछन् ।
अब तपाईंहरुलाई अर्को तथ्यांकमार्फत बुझाउने प्रयास गर्दछौँ । यदि सञ्चालनमा आएका फण्डहरुले वर्षैपिच्छे ९ प्रतिशतका दरले लाभांश दिएको खण्डमा मात्रै मासिक २ हजार लगानी गरे ४२ वर्षमा १ करोड ३ लाख ३० हजार ३७१.५ रुपैयाँ हुन्छ । यस्तै एनआइबीएल सहभागित फण्डले वर्षैपिच्छे १३.०९ प्रतिशतका दरले ३२ वर्षमा मात्रै १ करोड ९ लाख ९४ हजार ९३९.५७ रुपैयाँ हुन्छ ।
३ वटा फण्डहरुले पहिलो पटक लाभांश दिएको छ । कुमारी क्यापिटलले सञ्चालन गरेको कुमारी सुनौलो योजना,लक्ष्मी सनराईज क्यापिटलले सञ्चालन गरेको शुभ लक्ष्मी कोष र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल फ्लेक्सी क्याप फण्ड गरी ३ वटैले आव २०८०–०८१ मा क्रमशः १०.५ प्रतिशत, ७.५ प्रतिशत र ५ प्रतिशत लाभांश दिएको छ । यी ३ वटै फण्डहरु आएको पनि २ आव पूरा भइसकेका छन् ।
एनआईबीएल एस क्यापिटलले सञ्चालन गरेको एनआईबीएल सहभागिता फण्ड सबैभन्दा ठूलो र पुरानो हो । यो फण्डले सञ्चालनमा आएको पहिलो वर्ष ८.२५ प्रतिशत,दोस्रो वर्ष ५० प्रतिशत,तेस्रो वर्ष ७.२ प्रतिशत र चौथो वर्ष ४ प्रतिशत दिएकोमा पाँचौ वर्ष भने लाभांश दिन सकेन । यसरी उक्त फण्डले दिएको लाभांश औसतमा १३.८९ प्रतिशत हुन आउँछ । अनि युट्युबमा भनेजस्तो त्यहाँ हिसाब गरेजस्तो वार्षिक १८ प्रतिशत दिइएको छ त ? गलत तथ्यांक प्रस्तुत गरेर तपाईंहरुलाई मूर्ख बनाइएको त एसआइपीमा पाएको रिटर्नले समेत पुष्टि गर्दैन र ?
एनआईएमबी सहभागिता फण्डले लाभांश नदिएको २ आव भइसक्यो । गत वर्षबाट सञ्चालनमा आएको कुमारी सुनौलो योजनाले १०.५ प्रतिशत दिएको छ ।
अहिलेसम्म लाभांश नदिएको फण्डहरु पनि छन् । एनएमबी क्यापिटलले सञ्चालन गरेको एनएमबी सरल बचत फण्ड–ई र सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ सिस्टम्याटिक इन्भेष्टमेन्ट स्किमले हालसम्म लाभांश दिएकै छैन । दुवै फण्डहरुले आएको तेस्रो वर्षसम्म समेत लगानीकर्ताहरुको हात भने खाली बनाएको छ ।
तथ्यांक हेर्नुस् कुन एसआईपीले कति रिटर्न दिएको छ :
| S.N. | SIP Name | FY(2076/077) | FY(2077/078) | FY(2078/079) | FY(2079/080) | FY(2080/081) | Average Return |
| 1 | NIBL Sahabhagita Fund | 8.25% | 50% | 7.2% | 0 | 5% | 13.89% |
| 2 | NIC Asia Dynamic Debt Fund | 10% | 10% | 6% | 10% | 9% | |
| 3 | Siddhartha Systematic Investment Scheme | 0 | 0 | 0 | |||
| 4 | NMB Saral Bachat Fund-E | 0 | 0 | 0 | |||
| 5 | Nabil Flexi Cap | 0 | 5% | 5% | |||
| 6 | Shubha Laxmi Kosh | 0 | 7.5% | 7.5% | |||
| 7 | Kumari Sunaulo Yojana | 10.5% | 10.5% |