दीपेन्द्र अग्रवालको यो स्टक जसले कुनै समय गरेको थियो पैसाको वर्षा , अहिले कति भयो घाटा ?

अर्थबिट २०८१-११-२१ ०८:२९:०० बजे

काठमाण्डौ । जब दीपेन्द्र अग्रवालको नाम आउँछ, तब उनले दोस्रो बजारमा ट्रेडिङ्ग गरेको नेपाल फाइनान्स लि.(एनएफएस) को चर्चा हुन्छ । वा भनूँ एनएफएस र उनै अग्रवालको नाम पर्याय नै बनिरहेको छ । 

तर अग्रवालसँग अन्य धेरै कम्पनीहरू छन् जुन शेयर बजारमा लो क्याप स्टकका रुपमा उनको छनोटको स्टक हुन्थ्यो। यस्तै एउटा कम्पनीको नाम कर्णाली विकास बैंक हो । यस कम्पनीमा अग्रवाललाई करिब ४० करोड रुपैयाँ घाटा भएको बजारमा चर्चा सुनिन्छ । अहिले कर्णाली विकास बैंक खराब अवस्थाबाट गुज्रिरहेको हुनाले नेप्सेमा यसको कारोबार रोक्का रहेको छ ।

आज हामीले चर्चा गर्न लागेको चाहिँ एनएफएसको हो । बुधबार यस कम्पनीको शेयरमा उतारचढाव भएको थियो ।  यो शेयर केही बढेर ८०५ रुपैयाँमा थियो र आजको अन्तिम कारोबार मूल्य ७८५.२ कायम भएको छ। पछिल्लो ७ महिनामा यो स्टकमा तीव्र भारी गिरावट आएको छ। यसको मूल्य आधाको पनि आधा र सोही आधाको पनि झन्डै आधा घटेको छ । यस स्टकमा मात्रै लगानीकर्तालाई अहिले करिब ७० प्रतिशत घाटा छ । यसको मतलब यो शेयरमा लगानी गरेका लगानीकर्ताले ७ महिनामै प्रतिकित्ता १६ सय रुपैयाँ रकम गुमाएका छन् ।

यो पनि पढ्नुस : शेयर बजार घट्दा पनि पैसा कमाउने यी ७ टिप्स, आजै फलो गर्नुस्

गत साउन २८ गते एनएफएस २४ सय २० रुपैयाँ पुगेको थियो । भोलिपल्ट साउन २९ गते २६ सय १० (हालसम्मकै सर्वाधिक मूल्य) इण्ट्रा डेमा पुगेपछि भने बजारमा यस कम्पनीको ओरालो यात्रा लागेको थियो ।

४ महिनामै मालामाल बनेका थिए लगानीकर्ता

यो स्टकले एक पटक लगानीकर्ताहरूलाई पैसाको वर्षा गरेको थियो। चैत २१ २०८० मा एनएफएस दोस्रूो बजारमा प्रतिकित्ता रु.३६० आसपास कारोबार भएको थियो । २०८१ साउन २९ गते भने उक्त कम्पनीको मूल्य २६ सय पार गर्यो । यसरी ४ महिनामै कम्पनीको मूल्य ३६० बाट २६ सय पुग्दा प्रतिकित्ता २२ सय ४० रुपैयाँ मुनाफा आर्जन भएको थियो । यसको मतलब ४ महिनामै झण्डै सवा ७ गुणा बढी मूल्यमा बढोत्तरी भएको थियो । सरल भाषामा भन्नुपर्दा ,यसले ४ महिनामा १ लाखको लगानी सवा ७ लाख रुपैयाँमा परिणत गरेको थियो । 

कस्तो छ कम्पनी ?

नेपाल राष्ट्र बैंकबाट ग वर्गको लाइसेन्स प्राप्त वित्तीय संस्था हो, नेपाल फाइनान्स लि. । नेप्सेमा फाइनान्स सेक्टर अन्तर्गत रहेको यो कम्पनीको संस्थापक समूहतर्फ(५१.९७ प्रतिशत) ४३ लाख ६० हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ(४८.०३ प्रतिशत) ४० लाख २९ हजार ६१ कित्ता रहेको छ । नेप्सेका अनुसार कम्पनीको मार्केट क्याप ६ अर्ब ५८ करोड ७३ लाख ८७ हजार ५०२ रुपैयाँ छ ।

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

 

नोट : यहाँ प्रदान गरिएको जानकारी जानकारीको लागि मात्र दिइएको छ। यहाँ यो उल्लेख गर्न महत्त्वपूर्ण छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा छ। लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस्। अर्थबिट डटकमले यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।